बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने मालपोतकाे निर्णय

शुक्रबार, ९ चैत, २०८०
डिजिटल संस्करण
बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने मालपोतकाे निर्णय

बाँसबारीस्थित चाँदबाग स्कुल

बाँसबारीस्थित च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएकाे छ। भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै उक्त जग्गा नेपाल सरकारको नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ।

सुझावित समाचार