दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

मंगलबार, ६ चैत, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।  

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका हुन्।  उनले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

हिजो पूर्वी रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौजनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन्।
 

सुझावित समाचार