सरकारमा जान एकीकृत समाजवादीले राख्यो पाँचबुँदे सरोकार

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहे आजै सरकारमा सहभागी हुने

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि प्रधानमन्त्रीसमक्ष चारबुँदे माग अघि सारेको छ । 

आज बसेको केन्द्रीय सचिवालयको पाँच घण्टा लामो बैठकले आफूहरूले अघि सारेका चारबुँदे मागको उचित सम्बोधन भए मात्र सरकारमा जाने निर्णय लिएको छ । 

एकीकृत समाजवादीले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने, राष्ट्रहितको रक्षा र संवर्द्धन गर्ने, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गराउने, महँगी नियन्त्रणलगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र नीति कायम गर्ने विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा माग गर्न लागेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ । तीन नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटारतर्फ लागिसकेका छन् । 

सुझावित समाचार