उपेन्द्र यादवको नेतृत्वमा दुई मन्त्रालय लिएर जसपा सरकारमा जाने

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्तासमीकरणमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने भएको हो । यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुने सम्भावना रहेको छ । 

जसपाले वन मन्त्रालय पनि पाएको छ । त्यसमा अहिलेकै मन्त्रीलाई निरन्तरता दिने या नयाँलाई बनाउने भन्ने निर्णय भइसकेको छैन । अध्यक्ष यादवले यस विषयमा छलफल गरिरहेको जसपाका नेताहरूले बताएका छन् । 

सुझावित समाचार