सन्दीप लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण
सन्दीप लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

फाइल तस्बिर

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्लाको फैसला पुनरावेदनका लागि उच्च गएकामा अब  थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा लामिछानेको मागबमोजिम थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा प्रदान गरिएको उल्लेख छ।

जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई २५ पुसमा ५ वर्ष कैद तीन लाख जरिवाना र १२ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने तथा पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ भराइदिने गरी फैसला भएको थियो।

आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई कसुरदार ठहर गरेको हो।

जिल्लाको फैसला पुनरावेदनका लागि लामिछाने उच्च अदालत गएका हुन्।

सुझावित समाचार