बाह्रबिसेमा बोलेरो पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा त्यहाँ सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु  भएको छ। अन्य चारजना घाइते भएका छन्। 

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र लालमाया प्रधान छन्। उनीहरू सासू–बुहारी हुन्। गाउँबाट बाह्रबिसे बजार आउँदै गरेको बा. १२ च ४९९१ नम्बरको बोलेरो सडकबाट खोलामा खसेको हो। 

दुर्घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रराज जोशी र स्थानीय युवा विकेश लामाले घाइतेको उद्धार गरेर बाह्रबिसे  अस्पताल पुर्याएका छन्। घटनास्थलमा प्रहरी र स्थानीय जम्मा भएर मृतकलाई खोलाबाट झिकेका छन्।

सुझावित समाचार