सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

नेपालगन्ज सेन्ट जेभियर्स स्कुल (छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा) मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

नेपालगन्जमा बुधबार भएको फाइनलमा सेन्ट जेभियर्सले नेपालगन्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा सुमित थापाले दुई गोल गरेका थिए । उनले खेलको ६०औँ र ६७औँ मिनेटमा गोल गरे । उनी नै फाइनलका म्यान अफ द म्याच भए । 

यसैगरी, छात्रा फाइनलमा नेपालगन्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै उपाधि जित्यो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा तिलसरा बुढाले २०औँ मिनेटमा १–० को अग्रता दिलाइन् । खेलको ५०औँ मिनेटमा चमेली चौधरीले अर्को गोल थपिन्  । 

सुझावित समाचार