संसद्को महासचिव नियुक्ति प्रक्रिया अलपत्र

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति र सभामुखको आ–आफ्नै अडानले संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएको छ । सिफारिसको मितिको विषयमा संसद् र राष्ट्रपति कार्यालय अडानमा रहँदा नियुक्ति प्रक्रिया अलपत्र परेको हो ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले २५ मंसिरमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम महासचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सिफारिस भएको डेढ महिनासम्म पनि राष्ट्रपतिले नियुक्त नगरेपछि महासचिव पद रिक्त छ ।

सभामुख घिमिरेले २७ मंसिरमा पाण्डेयलाई कार्यवाहक महासचिव तोकेर अर्को व्यवस्था नभएसम्मका लागि काम गर्न जिम्मेवारी दिएका छन् । डेढ महिनासम्म निमित्तका भरमा चलिरहेको संसद् सचिवालयमा महासचिव नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ३ माघमा स्मरणपत्र पठाएका छन् । यसअघि सभामुख र अध्यक्षले शीतलनिवासमा राष्ट्रपतिलाई भेटेरै नियुक्त गरिदिन आग्रह गर्दै आएका थिए । 

See More On

सुझावित समाचार