लुम्बिनी विकास बैंकले ८.५०% लाभांश दिने

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

लुम्बिनी विकास बैंकले कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको १६औँ साधारणसभाले ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले आथिर्क वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव ०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति पनि पारित गरेको छ ।

सुझावित समाचार