टर्कीमा १२ सयभन्दा बढी अवैध आप्रवासी पक्राउ

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
टर्कीमा १२ सयभन्दा बढी अवैध आप्रवासी पक्राउ

टर्की–ग्रिस सीमामा अवैध आप्रवासीहरु । फाइल तस्बिर : एपी

टर्कीको सुरक्षा बलले गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ।

पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यालयमा पठाइएको यहाँको सरकारी टेलिभिजन टिआरटीले जनाएको छ।

प्रान्तीय कमान्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नेको सहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ। एडिर्ने ग्रिस र बुल्गेरियाको सीमानजिक रहेको क्षेत्र हो।

टर्कीका आन्तरिकमन्त्री अली उर्लिकायाले देशको सबैभन्दा ठूलो सहर इस्तानबु्लमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरूलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुझावित समाचार