एनआइसी एसिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । सोमबार बसेको संस्थाको सञ्चालक समिति बैठकले रिक्त रहेको पदमा काठमाडौंनिवासी गौतमलाई नियुक्त गरेको बताइएको छ । 

नवनियुक्त स्वतन्त्र सञ्चालक गौतमले प्रचलित कानुन तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथग्रहण गरी पद बहाल पनि गरेको संस्थाले जानकारी दिएको छ । विभिन्न क्षेत्रमा करिब एक दशकको कार्यानुभव रहेको गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले अनुभवप्राप्त व्यक्तिलाई बैठकले नियुक्त गरेकोमा खुसी प्रकट गरे । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरूमाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत बताए ।

सुझावित समाचार