लागुऔषधसहित पोखराबाट एक पर्यटक पक्राउ

शनिबार, ९ मंसिर, २०८०
डिजिटल संस्करण

लागुऔषधसहित प्रहरीले पोखराबाट नर्वेका एक पर्यटकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नर्वेका नागरिक ५३ वर्षीय रुने फोल्टा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए। लागुऔषधसहित विदेशी नागरिक हिँडेको भन्ने सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट लागुऔषध पोल्यान १० ग्राम र गाँजाको धुलो ३५ ग्राम फेला पारेको थापाले जानकारी दिए। पक्राउ परेका उनलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

See More On

सुझावित समाचार