भुकम्प अपडेट : रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ नम्वर वडामा मात्रै २२ जनाको मृत्यु भएको छ । वडाको ज्यामिरकोटमा नाृै जना, बाँके ज्युलामा तीन जना, पिपल चौर छेपारेमा पाँच जनाजना सहित २२ जनाको मृत्यु भएको वडाअध्यक्ष हुकुम पुनले बताए । यो सँगै भुकम्पमा परी आठबिसकोटमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

भुकम्पमा परी घाइते भएका २९ जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भरहेको छ  भने अन्यको उद्धार कार्य भैरहेको छ ।
 

सुझावित समाचार