डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईंले जानकारी दिइन् ।
कोशी प्रदेशका १४ जिल्लामै डेंगु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना संक्रमित भएका छन् भने दुईजनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एकजनाको मृत्यु भएको छ ।
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।
साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुंगामा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगुका बिरामी फेला परेका छन् ।
डेंगु संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि, डेंगु संक्रमितको संख्या झन् बढ्दो रहेको छ ।
स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगुका बिरामीमा देखिन्छन् ।
कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, तीस हजारभन्दा बढी संक्रमित
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ । आजको बन्दसत्रमा महाधिवेशन प्रत…
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
काठमाडाैं । कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समि…
सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा
काठमाडाैं । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले…
भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्ने संस्थालाई प्रस्ताव पेस गर्न आह्वान
काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्…
कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्दसत्रले प्रतिवेदन पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र सञ्चालन हुँदै छ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले …
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दै छन् ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि क…