पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुँदैन : मन्त्री किराँती

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा टुरिस्ट बस एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री किराँतीले बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने प्रस्ट पारे।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीप्रति लक्षित गर्दै उनले बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन नसक्ने बताए। किराँतीले भने, ‘पर्यटन बोर्डको बजेट सच्चिएन भने अझै आउँदैन। अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउन बजेट आउँदैन।’

मन्त्री किराँतीले भौतिक संरचना बनाउने काम बोर्डको नभएको भन्दै सो काम गर्न पर्यटन विभाग रहेको प्रस्ट्याए।

सुझावित समाचार