ढुंगा खस्ने त्रासले दोलखाको सिँगटीस्थित खोलीखेम बजार सिल गरिएको छ । वर्षाका कारण बिगु गाउँपालिका– ४ सिँगटीको खोलीखेम बजारमाथि भिरमा रहेको ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि जिल्ला प्रशासनले बजार सिल गरेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले ढुंगा क्रमशः सर्दै गएकाले त्रास बढेका कारण खोलीखेम क्षेत्रमा मानिस हटाएर बस्ती सिल गरिएको जनाए ।
खोलीखेम बजारआसपासका २२ घरपरिवारलाई कालिञ्चोक गाउँपालिका– ३ स्थित बजार क्षेत्रमा सारिएको छ । ढुंगा खस्ने त्रास बढेपछि खोलीखेम हुँदै लादुक, बुलुङ, ओराङतर्फ जाने सवारीसाधनलाई समेत रोक लगाइएको छ भने सिंगटी–लादुक–बुलुङ सडक सञ्चालनमा समेत रोक लगाइएको छ ।