गत सोमबारदेखि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध छ। कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा सय मिटरजति सडक भास्सिएर यातायात ठप्प छ। शनिबार केही समय एकतर्फी सवारीसाधन सञ्चालन भए पनि पुनः राजमार्ग अवरुद्ध बनेको हो।
यातायात अवरुद्ध भएपछि पहाडी जिल्लाबाट तराई आउने तरकारी बाटोमै सडेको छ भने बिरामी बोकेर हिँडेका एम्बुलेन्स बाटोमै अलपत्र परेका छन्। सडक खुलाउने प्रयास भइरहे पनि बर्सातले पहिरो बगिरहँदा अझै केही दिन यातायात अवरुद्ध रहने देखिएको छ।
सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने वैकल्पिक मार्गहरू महाकाली करिडोर, कञ्चनपुरको दैजीदेखि जोगबुडा हुँदै बुडर सडक तथा सेती लोकमार्गको काम सुस्त गतिमा छ। तराई–पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिवासीले निकै सास्ती खेप्नुपर्छ।
तस्बिरहरू : लोकेश साउद/नयाँ पत्रिका
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)
.jpg'_'.2023-08-13.jpg)