राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धानले पूर्णता पाउने विषयमा आशंका व्यक्त गरेका छन्।
सत्तारुढ दलकै नेताहरुको नाम तस्करीमा जोडिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो आशंका गरेका हन्। भुटानी शरणार्थी र ललितानिवासलगायतका प्रकरणमा केही अमुक व्यक्तिको नाम जोडिएपछि अनुसन्धान रोकिएकाले अनुसन्धान पूरा हुने अपेक्षा गर्न नसकिने लामिछानेको आशय थियो।
‘सत्तारुढ दलकै नेता भेपबाट हुने सुन तस्करीको विषयमा विवादित हुनुहुन्छ। एक सयभन्दा बढीपटक सत्तारुढ दलका नेता र उहाँका छोराबीच तस्करहरूसँग कुरा भएको विषय सार्वजनिक भएको छ, कुनै एउटा निकायले गरेको अनुसन्धानबाट। सत्तारुढ दलका नेता भएका कारणले होला छानबिनका लागि प्रश्न गर्ने आँट साहस नभएर होला प्रहरीले मिडियाबाट सूचना चुहाइरहेको छ, मिडिया ट्रायल गरिरहेको छ,’ उनले भने।