राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगातारको सदन अवरोधलाई लिएर टिप्पणी गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमा संसद् अवरोधलाई लिएर टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै छौँ। कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन छन्। जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ। तर, संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद।’
सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार सदन अवरोध गर्दै आएको छ। आज दिनभरजसो अवरुद्ध सदन सुचारु गर्ने शीर्ष तीन नेता तथा सचेतकहरूबीच छलफल जारी छ। पहिलो चरणको बैठक निष्कर्षविहीन भएपछि पुनः दोसो चरणको बैठक जारी छ।