समाजवादी मोर्चामा आबद्ध हुन सबै पार्टीलाई माधव नेपालको आह्वान

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरूलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन्।

आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टीनिकटका विद्यार्थी संगठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरे।

‘हामी सबैलाई यो मोर्चामा आउनका लागि आह्वान गर्दछौँ। आउनुहोस् बसौँ। नेपाल राष्ट्रकाे हितका लागि, नेपाली जनताका हितका लागि, कस्तो–कस्तो नीति अवलम्बन गर्नुपर्छ? त्यसको निम्ति हामी मिलेर अगाडि बढौँ,’ नेपालले भने।
 
जनताको चाहनाअनुरूपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरूका बीचमा एकताको आवश्यकता रहेको उनले औँल्याए।

‘अनुचित कुराको हामीले विरोध गर्ने हो। चाहे त्यो भ्रष्टाचार होस्, चाहे त्यो अत्याचार होस्, शोषण होस्, उत्पीडन होस्, असमानता होस्, भेदभाव होस्, अन्याय होस्। यी सबैका विरुद्धमा हामीले एकताबद्ध भएर जुट्नुपर्दछ,’ अध्यक्ष नेपालले भने।

सुझावित समाचार