सिटिजन्स बैंक र द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच समझदारी

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ज्ञानेश्वरमा रहेको द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बार प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहकले रेस्टुरेन्ट एन्ड बारमा १० प्रतिशतसम्म छुट पाउने समझदारी भएको हो । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरिमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार