सभामुख घिमिरेद्वारा बजेट प्रमाणित

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले बजेट प्रमाणित गरेका छन्। आज सभामुख घिमिरेले संघीय संसद्को दुवै सदनबाट पारित भएकाे आर्थिक वर्ष ०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका हुन्। 

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन्। 

संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

सुझावित समाचार