मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप

२४ असारमा संसद् भवन घेराउ गर्न बानेश्वर पुगेका मिटरब्याजपीडित । तस्बिर : संजित परियार/नयाँ पत्रिका

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गरेकाे छ।

असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २५ गतेसम्म आयोगको म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यसैगरी, आर्थिक वर्ष ०८०/८१ को लागि धानको समर्थन मूल्य पनि तोकिएको छ। सरकारले मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोकेको छ।

सुझावित समाचार