काठमाडौं महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ।

यसका लागि महानगरपालिकाले बिहीबारदेखि अनलाइन आवेदन खुला गरेको छ। महानगरअन्तर्गतको शिक्षा विभागले एक सूचना प्रकाशित गरी शैक्षिक सत्र ०८०/८१ का लागि छात्रवृत्तिका लागि आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ।

सुझावित समाचार