अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

अभिनेता सारुख ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहीबार राति  घरको भर्याङको रेलिङमा झुन्डिएको अवस्थामा मृत फेला फरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले राति ११ बजे  प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जनाए । ताम्रकारले ‘रानी’, ‘मेरी मामु’ इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो समय उनी चलचित्र  ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए ।

See More On

सुझावित समाचार