कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बिहीबार मध्याह्न पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा पार्टी महामन्त्रीद्वय थापा र शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बूलगायतका नेता सहभागी छन्। 
 

सुझावित समाचार