प्रतिपक्षको अवरोधपछि संसद् स्थगित

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घन्टा स्थगित भएको छ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिक्षी दलहरू एमाले, रास्वपा र राप्रापाका सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घन्टाका लागि स्थगित गरेका हुन्। 

आजै मिटरब्याज कानुनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ। सरकारले आजै दफावार छलफलसहित पारित गर्ने तयारी गरेको छ। आज विधेयक पारित नभए स्वतः निष्क्रिय हुनेछ।

सुझावित समाचार