संगठित अपराधमा अनुसन्धान गर्न नौजनालाई सात दिन थुनामा राख्ने अनुमति

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका नौजनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ। 

संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नौ आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले साेमबार नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो। 

यस्तै, सिआइबीले आइतबार पनि काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो। 

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन्। 

घटनामा संलग्नविरुद्ध प्रहरीले सरकारी छाप किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ

सुझावित समाचार