ड्याम भत्किएर ढुंगा लाग्दा गोठालो गएका बालकको मृत्यु

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

दैलेखको आठबिस नगरपालिका– ५ मा गोठालो गएका बालकको ढुंगा लागेर मृत्यु भएको छ । सिंचाइ कुलोका लागि निर्माण गरिएको ड्यामबाट खसेको ढुंगा लागेर आठबिस नगरपालिका– ५ का बिर्खबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

वडा नम्बर ५ का अध्यक्ष बजिरसिंह विकका अनुसार भित्रिखोला सिँचाइ योजनामा पानी भरिएर ड्याम फुटेका वेला त्यहीँको ढुंगा लागेर बालकको मृत्यु भएको हो ।

बिर्खसँगै अन्य सात बालबालिका पनि गोठालो गएका थिए । उनीहरूमध्ये १३ वर्षका एक बालक गम्भीर घाइते भएका छन् । घटना आठबिस नगरपालिकाको दुर्गम स्थान रहेकार लगातार पानी परिरहेकाले घटनास्थल जान कठिनाइ भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । 

नगर प्रमुख तर्कबहादुर बडुवालले ४ र ५ नम्बर वडामा पर्ने पिपलकोट, सिङगौडीको बिचमा घटना भएको जानकारी आफूले पाएको बताए । उनले सडक नपुगेको कारण आफू घटनास्थल पुग्न नसकेको बताउँदै गम्भीर घाइते बालकलाई उपचारका लागि जिल्लाबाहिर पठाउने प्रयास भइरहेको बताए ।

सुझावित समाचार