त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले पाँच दिनदेखि जारी अनशन तोडेका छन्। सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार अनशन तोडेका हुन्।.jpg'_'.2023-06-23.jpg)
२० असोज ०७७ मा चलाउनेमाथि विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको विषयमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलिरहेको छ । तर, सरकारले चलाउनेको पक्षबाट मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने सर्वोच्च पुगेका थिए।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै चलाउनेले अनशन तोडेका हुन्।
.jpg'_'.2023-06-23.jpg)
.jpg'_'.2023-06-23.jpg)