नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो। आजै थुनछेक बहसको आदेश आउने भएको छ।
थुनछेक बहसका क्रममा जवाफी बहसका क्रममा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकार वकिललाई गृह नगएको मान्छेलाई किर्ते मुद्दा लगाउन मिल्छ ? भन्दै प्रश्न गरेका थिए।
न्यायाधीश न्यौपानेले जुन मान्छेलाई प्रतिवादी बनाउनुभाछ, किर्ते मुद्दा चलाउनुभाछ, ऊ कहिले गृह गएकै छैन। कहिले गृह नगएको मान्छेलाई मुद्दा चलाउनुभाछ ? भन्ने प्रश्नको जवाफ जिल्ला न्यायाधिवक्ता महेश खत्रीले भने, ‘उहाँहरू ठगी गर्ने–गराउने, किर्ते गर्ने–गराउने हुनुहुन्छ। मिटिङ अफ द माइन्ड छ। रोल इज डिफरेन्ट बट गोल इज् सेम। सबैले बाँडिखाने हो नि।’
प्रतिवादीका काव्याले गृह मन्त्रालय नै नपुगेकोलाई समेत किर्ते मुद्दा चलाइएको भनी प्रश्न गरेका थिए। भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदन सच्याएको भन्दै यो सरकारी वकिलले किर्तेको समेत अभियोग लगाइएको थियो।