सांसदका प्रश्नको जवाफ दिँदै डा. महतले भने- अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन्। सबै कुरा एस एस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ थियो। 

आगामी आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ। एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन।’

बजेटको आकार चालू वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेकोसमेत उनले बताए। 

सुझावित समाचार