प्रकृया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सांसदहरुद्वारा संसद् अवरुद्ध

आइतबार, २१ जेठ, २०८०
डिजिटल संस्करण
प्रकृया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सांसदहरुद्वारा संसद् अवरुद्ध

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेकपा एमाले, राप्रपा र रास्वपाका सांसदहरुले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन्।

प्रकृया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपाली भूमि भारतसँग साट्ने काम गरेको भन्दै सांसदहरुले विरोध जनाए।

बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्कृय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए।

सुझावित समाचार