देउवाको विश्वास : कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुन्छन्

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा बालकृष्ण खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका छन् ।

‘उहाँ (खाण)  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न हुनुहुन्छ भन्नेमा मलाई विश्वास छैन । अहिले नै दोषी करार भएजसरी प्रस्तुत गरिएको छ । प्रहरी र मिडियाले दोषी करार गर्दैमा हुँदैन । उहाँको विषयमा धेरै चिन्ता नगर्नुस् । कानुनी प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ देउवाको भनाइ थियो ।

सुझावित समाचार