ओलीको दाबी– नक्कली शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको छ

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण
ओलीको दाबी– नक्कली शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको छ

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

एमाले अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य र प्रमाण रहेको दाबी गरे। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो षड्यन्त्र तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

‘फेरि एकपल्ट म दोहोर्याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दै छु– दोषीलाई उम्काउने कोसिस भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस भइरहेको छ। यो कुरा बन्द गरियोस्,’ ओलीले भने, ‘जेठ १९ कि २० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोड्न लगाइयो, बाध्य बनाइयो। यत्तिकै छुटे मान्छे ? छोड्न लगाइयो।’

सुझावित समाचार