उखु किसानको आन्दोलनबारे सांसदको प्रश्न– आफ्नै निर्णय किन कार्यान्वयन गर्न सक्दैन सरकार ?

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले उखु किसानलाई उनीहरूको उत्पादनको मूल्य दिने सरकारको निर्णय आजसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएकी  छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त निर्णय कार्यान्वयन गर्न नसक्नुको जवाफ माग गरिन्। सरकार जनताले चलाएका छन् कि बिचौलियाले भन्ने उनको प्रश्न थियो।

‘उखु किसानलाई उत्पादनको मूल्य दिने भनेर सरकारले पटकपटक निर्णय गर्छ, तर आजसम्म उखु किसानले उत्पादनको मूल्य पाएका छैनन्। उखु किसानहरू आन्दोलन गर्न बाध्य यो देशमा सरकार बिचौलियाले चलाएका छन् कि जनताले ? सरकार आफैँले लागू गरेको निर्णय किन कार्यान्वयन गर्न सक्दैन ? जवाफ पाऊँ,’ सांसद नेपालीले भनिन्।

सुझावित समाचार