नयाँदिल्लीमा आइएमई इन्डियाको नयाँ शाखा

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

आइएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँदिल्लीस्थित कनाँट प्लेस–बाह्रखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । ४ जेठमा आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सो शाखा उद्घाटन गरेका छन् ।

आइएमई इन्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आइडिएफसी बैंकसँगको सहकार्यमा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउनेछ । शाखा उद्घाटन गर्दै राजदूत शर्माले दिल्लीमा रहेका नेपाली र भारतीयहरूलाई रेमिट्यान्स सेवा तथा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने बताए ।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बताए । यसबाट भारतमा रहेका नेपालीलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने बताए । 

See More On

सुझावित समाचार