सिँचाइ गर्दा प्रयोग हुने विद्युतको महसुलमा छुट दिइने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले सिँचाइमा प्रयोग हुने विद्युतको महसुलमा छुट दिने नीति ल्याउने भएको छ । 

यसका अलावा साना किसानलाई सिँचाइको विद्युत् महसुल नलिने नीति ल्याउने पनि बताइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो नीति ल्याइने उल्लेख गरेका हुन् । 

सरकारले सिँचाइ नपुगेका ठाउँमा सिँचाइ–सुविधा पुर्याउने पनि नीति कार्यक्रममा उल्लेख छ । 

सुझावित समाचार