टिआरसी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्छ : सुवास नेम्वाङ

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

एमाले सांसद सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले टिआरसी विधेयकलाई टुंगोमा पुर्याउन देश नै एकै ठाउँमा उभिनुपर्ने प्रस्ट पारे। 

द्वन्द्वले देशलाई नै आक्रान्त बनाएको भन्दै नेम्वाङले अब पुनरावृत्ति नहुने गरी विधेयक टुंगोमा पुग्नुपर्ने बताए। ‘यो विषयमा सिंगो देश एउटा पक्ष हो, एउटा पक्ष हुनुपर्छ। यसले सिंगो देशलाई आक्रान्त बनायो, त्यसैले हामी सबै चाहन्छौँ– यसको पुनरावृत्ति नहोस्, यो प्रक्रिया अब टुंगोमा पुग्नुपर्छ,’ उनले भने।

सुझावित समाचार