एमाले अध्यक्ष ओलीले भने- ‘स्वास्थ्यले साथ नदिँदा संसद् जान सकिनँ, सुधार आएपछि शरणार्थी प्रकरणबारे बोल्छु’

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाको कारण संसदमा उपस्थित हुन नसकेको बताएका छन्। 

उनले गत २८ जेठको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ४ जेठमा सदनमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका धेरै तथ्यहरू राख्ने बताएका थिए। 

बिहीबार भने प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उनी सदनमा उपस्थित भएनन्। यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीबारको बैठकमा सहभागी हुन नसकेको बताएका हुन्। 

उनले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु।’

सुझावित समाचार