तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास– ८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

आज बिहान ५ बजे घरनजिकैको मकैबारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए।

आक्रमणलगत्तै भालु भागेको थियो। घाइते विकलाई स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। 

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।
 

See More On

सुझावित समाचार