धादिङको थाक्रे गाउँपालिकामा स्थानीयले लगाएको ताला सोमबारबाट खोलिएको छ। कार्यपालिका बैठक बस्नुअघिसम्म पालिकाभित्रका अवैध खानीहरू बन्द गर्ने सहमतिमा स्थानीयले गरेको तालाबन्दी खोलिएको हो।
जनताको हकहितलाई मध्यनजर गर्दै गाउँपालिकामा लागेको ताला सहमति गरी खोलिएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए। खानीहरू बन्द गर्नुपर्ने माग राख्दै वैशाख २८ गते स्थानीयले तालाबन्दी गरेका थिए।
उनले भने, ‘तालाबन्दीपछि पालिकाले प्रवाह गर्ने सेवा तथा सुविधा प्रभावित बन्यो। हामीले पटक–पटक सहमति गर्ने प्रयास गर्याैँ, बसेर छलफल गरियो। अहिले गाउँपालिकाको तालाबन्दी खुलेको छ। जनताले पालिकाबाट प्रवाह भइरहेका सेवा तथा सुविधाहरू लिन सक्नुहुन्छ। जनताको हकहितलाई मध्यनजर गर्दै कार्यपालिका बैठक बसी खानीका विषयमा छलफल हुनुअघिसम्म अवैध रूपमा सञ्चालित ढुंगा तथा बालुवा खानीहरू बन्द गर्ने सहमतिमा पालिकामा लगाइएको ताला खुलेको हो,’ अध्यक्ष आचार्यले भने।
.jpg'_'.2023-05-15.jpg)