दमकमा प्रहरी र पहिचान पक्षधरबीच झडप, स्थिति तनावग्रस्त

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ। 

पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। 

झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यस क्रममा थुप्रै घाइते भएका छन्। 

प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि अन्दोलनरत पहिचान पक्षधरले आज दमकमा राँकेजुलुसको आयोजना गरेका थिए। 

सुझावित समाचार