पाकिस्तानी पूर्वप्रधानमन्त्री खान पक्राउ

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।इस्लामाबाद उच्च अदालतबाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ। 

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ।

खानलाई अपराधीलाई जसरी लछारपछार पारेर पक्राउ गरेको भन्दै उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले आपत्ति जनाएको छ। 

पिटिआईका अनुसार उनलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन। 

सुझावित समाचार