आर्थिक संकटबाट बाहिर निस्कने पहिलो उपाय कृषि उत्पादनमा वृद्धि : सांसद यादव

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण
आर्थिक संकटबाट बाहिर निस्कने पहिलो उपाय कृषि उत्पादनमा वृद्धि : सांसद यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। 

मंगलबार सरकारले प्रस्तुत गरेकाे आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन्। 

उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए। उनले उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए। 

सांसद यादवले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए। 

उनले भने, ‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतामा अहिले आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो।’ 

हरित क्रान्ति कार्यक्रम लागू गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ थियो। 
 

सुझावित समाचार