आर्थिक व्यवस्था लयमा ल्याउन सबैकाे साझा संकल्प आवश्यक : देवेन्द्र पौडेल

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले देशको आर्थिक व्यवस्थालाई लयमा ल्याउन सबैले साझा संकल्प गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले अहिलेको आर्थिक अवस्था सुधार गर्न विभाजित नभई अघि बढ्नु सबैको कर्तव्य भएको बताए। विनियोजन विधेयकमा अर्थमन्त्रीले राजस्व संकलन, बढ्दो ब्याजदर, खराब कर्जा र व्यापार खर्च वृद्धि, आन्तरिक उत्पादनमा कमीलगायतका विषयकाे सही चित्रण गरेको उल्लेख गर्दै उनले यसमा सामूहिक निकास खोज्नुपर्ने प्रस्ट्याए।

‘देशको अहिलेको आर्थिक अवस्था र चित्रण हामी सबैको साझा अवस्था हो। यो गठबन्धनको विरोध र समर्थनको प्रसंगसँग मात्रै जोडिएको विषय होइन। गठबन्धन त पहिले पनि थियो। कायापलट भएको थियो र ? यो निरन्तर हामी सबैले संस्थागत रूपमा साझा रूपमा सोच्नुपर्ने विशिष्ट स्थिति र अवस्था हो,’ पौडेलले भने।
 

सुझावित समाचार