बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : वामदेव

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याएजस्तो भएको बताएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

उनले सिद्धान्त र प्राथमिकतामा विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे। बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौँ र हुनेछ बाहेक अन्य केही नभएको बताउँदै उनले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्बभन्दा कमी रकमले नहुने स्पष्ट पारे। 

गौतमले दुई–दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए। 
 

सुझावित समाचार