युएईलाई पाँचौँ झड्का, सन्दीपले लिए विकेट

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा ब्याटिङ गरिरहेको युएईको ब्याटिङ धराशायी बनेको छ । 

नेपाली सिमर र स्पिनरहरू हाबी भएपछि युएईले नियमित अन्तरालमा विकेट गुमाइरहेको छ । यसबीच युएईको पाँचौँ विकेट गुमेको छ । 

सन्दीप लामिछानेले दुई रन बनाएका रोहित मुस्तफालाई कुशल मल्लको हातबाट क्याच गराई नेपाललाई पाँचौँ सफलता दिलाएका छन् । 

ताजा अवस्थामा युएईले १६ ओभर सकिँदा पाँच विकेट गुमाएर ६० रन बनाएको छ । यसअघि नेपाली सिमर करण केसीले दुई र सोमपाल कामीले एक तथा लेफ्टआर्म अर्थोडक्स ललित राजवंशीले नेपाललाई एक विकेटको सफलता दिलाएका थिए । 

त्रिवि खेलमैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले युएई ब्याटिङ गरिरहेको हो । 

सुझावित समाचार