महावीर पुनसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय समिति

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण
महावीर पुनसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय समिति

धर्नामा वैज्ञानिक महावीर पुनलगायत । तस्बिर : संजित परियार/नयाँ पत्रिका

सरकारले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं महावीर पुनसँग वार्ता गर्न उच्चस्तीय समिति बनाएको छ ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति बनाएका हुन् । 

समितिमा मुख्यसचिव शंकरदास बैरागीलगायत सरकारी अधिकारी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

समितिले सोमबार पुनसँग वार्ता गर्ने तयारी गरेको छ । वैज्ञानिक पुन नेतृत्वको टोलीले १४ वैशाखदेखि माइतीघरमा धर्ना गरिरहेको छ ।

सुझावित समाचार