कोसी प्रदेशमा भइरहेको आन्दोलनप्रति निजी क्षेत्रको ध्यानाकर्षण : उद्योग–व्यवसायमा असर नपर्ने गरी समाधान खोज्न आग्रह

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

कोसी प्रदेसमा भइरहेको अन्दोलनले मानिसको दैनिकीमा नकारात्मक असर परेको भन्दै निजी क्षेत्रले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोसी प्रदेश र उद्योग संगठन मोरङले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनले उद्योग व्यवसाय तथा पेसा सञ्चालनमा नकारात्मक असर परेकाले शान्तिपूर्ण माध्यमबाट समास्याको समाधान खोज्न आग्रह गरेका छन् ।

‘विगत केही दिनदेखि प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न चरणमा विभिन्न स्थानमा भइरहेको आन्दोलन र यसबाट शान्तिपूर्ण वातावरणमा उद्योग/व्यवसाय/पेसा सञ्चालन गरी जीविकोपार्जन गर्न चाहने मानिसको दैनिकीमा परेको नकारात्मक प्रभावप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक व्यवस्था तथा निर्धारित विधिविधानबमोजिम नै सार्वभौम प्रदेश संसद्ले गरेको प्रदेशको नामकरणका सम्बन्धमा चित्त नबुझेमा रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्बन्धित पक्षसमक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्नसमेत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’

प्रदेशका ९१ प्रतिशत सदस्यहरूबाट बहुमतका साथ प्रजातान्त्रिक पद्धतिबाट कोसी प्रदेश नामकरण गर्न सफल भएको भन्दै निजी क्षेत्रले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवादसमेत ज्ञापन गरेको छ । विज्ञप्तिमा संघका अध्यक्ष नवीन रिजाल, परिसंघका अध्यक्ष भीम घिमिरे र संगठनका अध्यक्ष प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार